म्याग्देली कलाकार टकमाया रानाको बिदाई कार्यक्रम सम्पन्न
म्याग्दी समाज समिति दक्षिण कोरियाले १६ तारिख आईतबार सांझ लुम्बिनी २ तोङदेमुनमा एक बिदाई कार्यक्रम सम्पन्न गरेको छ । म्याग्दी जिल्ला सिख गाबिसबाट बिगत १० बर्ष अगाडि कोरिया आई कार्यरत रहनु भएकी म्याग्देली चेली टकमाया राना यसै हप्ता स्वदेश फर्कने पक्का भएपछि समाजको तर्फबाट बिदाई कार्यक्रमको आयोजना गरेको हो । कोरियामा रहेर म्याग्देली स्थानिय कलाकारबाट चिरपरिचित रानाले म्याग्दी समाजलाई हरेक कोणहरुबाट सहयोग पुर्याउनु भएको छ । आईतबार सम्पन्न बाग्लुङ कप भलिबल प्रतियोगिताले गर्दा सांझ अबेर सम्पन्न बिदाई कार्यक्रममा समाजका भुपु अध्यक्ष टेक बहादुर पुन,समाजका बर्तमान अध्यक्ष नर बहादुर पुन ,कार्य समितिका अन्य पदाधिकारीहरु लगायत करिव २० जना म्याग्देलीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा समितिका अध्यक्ष नर बहादुर पुनले म्याग्दी समाज को तर्फबाट उपहार प्रदान गर्नु भएको थियो ।





















Users Today : 0
Total Users : 7385
Comments are Closed