कोरियामा म्याग्देलीहरुले नयां बर्ष मनाए
कार्यक्रमलाई रोमान्चित बनाउन बम्पर उपहारको ब्यबस्था गरिएको थियो । जस्मा म्याग्दी मच्छिमका थम छन्त्यालले प्रथम पुरस्कार र अन्य चार जनाले द्दितिय तृतिय र सान्त्वना पुरस्कार प्राप्त गर्नु भएको थियो । त्यसपछि भएको खानपिन पश्चात उपस्थित म्याग्देलीहरुको सामूहिक नाच बिहान ८ बजे सम्म चलेको थियो । कोरियामा म्याग्देलीहरुले नयां बर्षमा नाचेरै रात कटाएको सम्भवत पहिलो पटक हुनु पर्दछ । प्राय: म्याग्देली भाकाहरुमा गरिएको सामूहिक नृत्यमा कोरियन,मंगोलियन नागरिकहरु समेत कम्मर मर्काई मर्काई नाचेका थिए ।