२०२५/८/२४ तारिकका दिन अर्थात हिजो म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाद्वारा कोरियाको राजधानी सउलमा हिन्दु नारीहरुको महान चाड तीज दर खाने तथा चेलिबेटी सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न गरिएको छ। कार्यक्रममा महिला दिदीबहिनीको उत्साहजनक (४४ )जना र समग्रमा करिब( १०० ) जनाको उपस्थितिले आगामी दिनहरुमा संथा थप ससक्त भएर जाने कुराको सन्देश प्रबाह गरेको छ।साथै यस कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका निम्ति आफ्नो अमुल्य समय प्रदान गर्नु हुने प्रमुख अतिथि मोना अन्तरास्ट्रिय महासचिव आदरणीय ब्यक्तित्व सुनेश के . सि ज्यू, विभिन्न संघ संस्थाबाट प्रतिनिधित्व गर्नुहुने आतिथिज्यूहरु, संस्थाका अग्रजज्यूहरु र हाम्रो निमन्त्रणालाई सहर्ष स्विकार गरि पाल्नु भएका दिदीबहिनीहरु लगाएत आयोजकका सम्पुर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद तथा आभार प्रकट गर्दछौँ।