राम खड्काको अध्यक्षतामा १३ सदस्यीय म्याग्दी समाज खेलकूद समिति गठन

हिजो आईतबार पुर्व निर्धारित मिति,स्थान र समयमा समाजका अध्यक्ष नर बहादुर पुनको अध्यक्षतामा बसेको म्याग्दी समाज समिति दक्षिण कोरियाको नियमित बैठकले म्याग्देली भलिबल टीम क्याप्टेन राम खड्काको अध्यक्षतामा १३ सदस्सीय म्याग्दी समाज खेलकूद तथा सांस्कृतिक समिति गठन गरेको छ । जस्मा भलिबल खेलाडी झलक आचार्यलाई उपाध्यक्ष, सचिवमा कर्ण पुन,कोषाध्यक्षमा दलु पुर्जा मनोनित हुनु भएको छ । त्यस्तै सदस्यहरुमा क्रमश: कमल पुन,भीम पुन,रेम पुर्जा,भुपेन्द्र पुन,यु कुमार राना रहनु भएको छ भने पुराना खेलाडी द्दय भक्त तिलिजा र मुक्त केशी तथा म्याग्देली ब्यबसायी लक्षु बोगटीलाई सल्लाहकारमा चयन गरिएको छ । खेलाडी तथा म्याग्दी समाजका उपाध्यक्ष नारायण बरुवाललाई भने भलिबल प्रशिक्षकमा चयन गरिएको छ । त्यस्तै बैठकले कोरियाको महान् पर्व छुसकको पहिलो दिन अर्थात अक्टुबर २ तारिख सांझ चोङगाक स्थित दुर्गा रेष्टुरेण्टमा म्याग्देली भेटघाट तथा ईपियस मार्फत कोरिया आएका नव प्रवेशी म्याग्देलीहरुको परिचय र स्वागत कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । साथै उक्त दिन म्याग्देली भलिबल खेलाडीहरुको सम्मान समेत गरिने भएको छ । बैठकमा कोषाध्यक्ष चिन बुदुजाले समाजको कोषमा भएको आम्दानी र खर्च बिबरण सुनाउनु भएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked as *