म्याग्देली खेलाडी झलक आचार्यलाई खेलकूद अध्यक्षमा चयन गर्ने तयारी

म्याग्दी समाज समिति दक्षिण कोरियाले म्याग्दी जिल्लाबाट ईपिएस मार्फत कोरिया भित्रिएका म्याग्देली भलिबल कुशल खेलाडी झलक आचार्यलाई म्याग्दी समाज खेलकूद समिति अध्यक्ष पदमा चयन गर्ने तयारी भईरहेको बुझिएको छ । म्याग्दी समाज खेलकूद अध्यक्ष राम खड्का स्वदेश प्रस्थान गर्नु भए पछि रिक्त हुन आएको उक्त पदमा आचार्यलाई चयन गर्ने तयारी भएको हो । म्याग्देली खेलाडी झलक आचार्य बिगतमा पर्वत प्रवासी समाजबाट भलिबल खेलमा भाग लिंदै आउनु भएको थियो । बिगत २ महिना अगाडी अबोप्रान्त म्याग्दी समाजबाट खेल्न गरेको अनुरोधमा उहांको स्वीकार पछि खेलकूद उपाध्यक्षमा चुनिनु भएको थियो । गत शनिबार सांझ भएको बिदाई कार्यक्रम मै अध्यक्ष घोषणा गर्ने प्रस्ताव ल्याईए पनि परिस्थितिवश हुन भने सकेन । आज सांझ अध्यक्ष नर बहादुर पुनले फोन सम्पर्क गरि दिनु भएको जानाकारी अनुसार नयां बर्षको कार्यक्रममा ऊक्त घोषणा हुन सक्ने जानाकारी दिनु भएको छ । त्यस्तै ईपिएस मार्फत नयां म्याग्देली भलिबल खेलाडीहरु भित्रिएकोले यसपालिको एनसिसी कपमा उत्कृष्ट प्रर्दशन हुन सक्ने जनाईएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked as *