म्याग्दी भलिबल रनिङ कप २००९ भब्यताका सम्पन्न, पर्वत सेवा समाज बिजयी

म्याग्दी समाज समिति दक्षिण कोरियाको आयोजनामा आयोजित प्रतिस्प्रर्धात्मक भलिबल खेल -म्याग्दी रनिङ कप २००९- सफलताका साथ सम्पन्न भएको छ । राजधानी सउलको सिमाना नजिक रहेको माङओलसान स्थित सिन होङ युनिभर्सिटीको स्टुडियममा आयोजित उक्त प्रतियोगितामा म्याग्दी समाज समिति,बाग्लुङ सम्पर्क समिति,नेपाल मगर संघ, पर्वत सेवा समाज,खोताङ सेवा समाज,स्याङजा परिवार,मुन्जङ प्रवासी क्लव,गोरखा परिवार रगुल्मी सम्पर्क समिति गरि जम्मा ९ टीमले भाग लिएका थिए । ९ टीम बीच भएको प्रतिस्प्रर्धाको पहिलो राउन्डमा क्रमस: नेपाल मगर संघले गोरखा परिवारलाई,बाग्लुङ सम्पर्क सामितिले स्याङजा परिवारलाई,पर्वत सेवा समाजले गुल्मी सम्पर्क सामितलाई र म्याग्दी समाज समितिले मुन्जङ प्रवासी क्लवलाई हराउंदै दोश्रो राउन्डमा प्रवेश गरेका थिए । दोश्रो राउन्डमा बाईमा परेको खोताङ सेवा समाजलाई बाग्लुङ सम्पर्क सामितिले र नेपाल मगर संघलाई पर्वत सेवा समाजले हराउंदै बाग्लुङ र पर्वत फाईनल खेलको लागि गोला प्रथामा पुगेका थिए भने पहिलो राउन्डमा बिजयी म्याग्दी समाज सिधै सेमिफाईनल खेलमा पगेको थियो ।बाग्लुङ र पर्वत बीच भएको गोला नतिजा अनुसार बाग्लुङ फाईनल प्रवेश गर्यो भने पर्वत टीम र म्याग्दी समाज टीम बीच फाईनल खेलको लागिप्रतिस्प्रर्धा भयो । दुबै टीमको प्रतिस्प्रर्धा पश्चात पर्वतले म्याग्दीलाई बिजय बनाउंदै बाग्लुङ संग अन्तिम प्रतिस्प्रर्धा गरेको थियो । पर्वत सेवा समाजले बाग्लुङ सम्पर्क समितिलाई समेत पछि पार्दै म्याग्दी रनिङ कप २००९ मा पूर्ण बिजय बनाउन सफल भएको छ । कार्यक्रममा समितिको तर्फबाट सेलरोटी तरकारी चिया लगायतका बिक्री बितरण गरेको थियो । बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु र प्रवासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको म्याग्दी रनिङ कप २००९ मा सम्भवत: कोरियाली भूमिमा पहिलो पटक लोक गीत र नृत्य समेत प्रदर्शन गरिएको थियो । साथै कार्यक्रममा खोलिएको भाग्यशालि चिट्ठाको नतिजा यस प्रकार रहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked as *